- भदौ ०२, २०८१
मुम्बई । करोडौं सम्पत्तिका मालिक भए पनि बलिउडका केही स्टार लाेभी छन् । कराेडाैं पारिश्रमिक लिएर पनि खर्च गर्ने डराउने गर्छन् । हेराैं काे रहेछन् कन्जुसहरु
शाहरुख खान
अभिनेता शाहरुख खान बलिउडका धेरै कमाउने अभिनेताको सुचीमा पर्छन । २०२४ को बक्स अफिस रिपोर्ट अनुसार बलिउडको सबैभन्दा धनी अभिनेताको सुचीमा उनैकाे नाम छ। तै पनि खर्च गर्ने मामिलामा आफु निकै लोभी भएको आफै स्वीकार्छन् । स्कुले जीवन देखि नै साथीहरुबीच आफु हत्तपत्त खर्च नगर्ने ब्यक्तिको रुपमा परिचित रहेको यी अभिनेताले बताउँदै आएका छन् । पैसा धेरै कमाउने भए पनि पैसा खर्चगर्ने प्रसँगमा आफुले धेरै सोच्ने गरेको उनकाे भनाई छ ।
सलमान खान
बलिउडका अर्का अभिनेता सलमान खान पनि कन्जुस अभिनेताको सुचीमा पर्छन । पैसाको कुरा गर्दा उनी पनि हत्तपत्त खर्च नगर्ने अभिनेताको रुपमा परिचित छन् । करोडौंको मालिक भए पनि उनी फ्ल्याटमा बस्छन् । आफ्ना घरहरु उनले भाडामा लगाएका छन् । आफुसँग कुनै बेला एटिएम र पैसा समेत गोजिमा नहुने गरेको यी अभिनेताको कथन छ । आफ्नो पैसा धेरै सोचेर मात्र खर्च गर्ने यी अभिनेताको बानी छ ।
काजोल
१९९० को दशककी चर्चित अभिनेत्री काजोल विवाह अघि निकै कन्जुस थिईन् । बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेपछि पनि खर्चमा कन्जुस्याईं गर्ने उनको बानी अझै यथावत रहेको अजयको कथन छ । सपिङ देखि हरेक कुरामा निकै मोलमोलाई गर्ने काजलसँग यहीकारण पनि अजय सपिङमा सँगै जान चाहँदैनन् । यी अभिनेत्री आफैंले पनि करण जोहरको शोमा आफु अनावश्यक खर्च पटक्कै नगर्ने कुला खुलाएकी छिन् । यसै क्रममा करण जोहरले उनलाई कंजूस अभिनेत्रीको ट्याग पनि दिएका थिए ।
सारा अली खान
बलिउड अभिनेत्री सारा अली खानलाई पटौदी परिवारकी राजकुमारी भनिन्छ । तर खर्च गर्ने प्रसँगमा यी अभिनेत्री पनि कन्जुस मानिने गरेकी छिन् । यहासम्मकी खर्च गर्न आबस्यक नठान्ने यी अभिनेत्री छायाँकनमा धेरै दिनसम्म पैसा नै नवोकी जाने गरेकी छिन् । सारा आफैंले पनि एक अन्तर्वार्ताको क्रममा आफु कन्जुस भएको खुलासा गरेकी छिन् । आफु सामान्य मानिसहरू जस्तै साधारण कपडा लिने गरेको यी अभिनेत्रीको कथन छ । मलमा नगएर सस्तो पाईने हुँदा उनी अनलाइन सेलबाट सपिङ गर्छिन् ।
जोन अब्राहम
९० को दशकमा जोन अब्राहमलाई बलिउड सुपरस्टार मानिन्थ्यो । अहिले पनि उनी बलिउडमा सक्रिय छन् । यी अभिनेता पनि आफ्नो खल्तीबाट पैसा निकाल्नुअघि धेरै पटक सोच्ने गर्छन । यी अभिनेता यति सरल जीवन बिताउँछन् कि टी–शर्ट, जीन्स र चप्पलमा उनी पूरै वर्ष दिन बिताउँछन् । आफुलाई हत्तपत्त खर्च गर्न मन नलाग्ने यी अभिनेताको कथन छ । त्यसैले उनलाई साथीहरुले कन्जुसको रुपमा बेला बेलामा सम्बोधन गर्छन ।
श्रद्धा कपुर
पछिल्लो समयकी लोकप्रिय अभिनेत्री श्रद्धा कपुरले पनि आफु कन्जुस भएको स्विकारेकी छिन् । परिवारमा खर्च नियन्त्रण गर्न जहिले पनि आफुले किचकिच गर्नु पर्ने यी अभिनेत्रीको कथन छ । आज पनि आफु र परिवारको लागि अनलाईनमा सस्तो छानेर कपडा किन्ने गरेको श्रद्धाले बताएकी छिन् । चाडपर्वमा छुटमा सामान पाईने हुँदा त्यतिबेला आफुले सपिङ गर्ने यी अभिनेत्रीको कथन छ । आफुले कहिल्यै पनि फजुल खर्च नगर्ने पनि यी अभिनेत्रीले बताएकी छिन् ।
टिप्पणीहरू: