- भदौ ०२, २०८१
काठमाडौँ, ४ असोज । तुलसी घिमिरे निर्देशित चलचित्र ‘बलिदान’ लाई वर्षको सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ ले सम्मान गरिएको छ ।
संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आयोजित ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१’ कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । बिस २०५७ सालमा निर्मित उक्त चलचित्रले निर्माणको २४ वर्षपछि उक्त पुरस्कार पाएको हो । तत्कालिन समयमा व्यवसायिक हिसावले आंसिक सफल उक्त चलचित्रले राम्रो तारिफ पाएको थियो ।
बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा यसै चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पु–याएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, गायिका लोचन भट्टराइलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पु–याएका अन्य कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पनि पुरस्कृत गरिएको छ ।
पुरस्कार प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताए । चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपुर सहकार्य गर्ने प्रतिबद्धता समेत मन्त्री गुरुङले बताए । ‘अप्रत्यक्ष रुपमा समाज रुपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो । मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ ।’ उनले भने । साथै उनले यो वर्ष चलचित्र विकास बार्डेको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गरे ।
कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रीत भइदिन आग्रह गरे ।
टिप्पणीहरू: