बुधबार, २७ चैत २०८१

बेलुन पड्किएर घाइते भएका पोखराका मेयर अस्पतालबाट ‘डिस्चार्ज’


काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मेयर आचार्य ट दिनपछि बिहीबार डिस्चार्ज भएका हुन्।

गत शनिबार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको थियाे। अर्थमन्त्री पौडेल भने साेमबार नै डिस्चार्ज भइसकेका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ