- भदौ ०१, २०८१
काठमाडाैं । आम दर्शकले चासाे राख्ने गायिका विष्णु माझीकाे स्वर रहेकाे तीज गीतको भिडिओ सार्वजनिक भएकाे छ।
'घरबार' बोलको गीतकाे भिडियाेमा उनका पुरानै टिम दाेहाेरिएका छन् ।
यस गीतमा पनि सधैँझै विवाहित महिलाको पीडा र वेदना प्रस्तुत गरिएको छ। गीतमा विवाहित महिलाले घरमा भाेग्ने वुहार्तन समेटिएकाे छ ।
सुन्दरमणि अधिकारीको रचना तथा संगीत रहेकाे गीतको भिडिओमा सुन्दरमणीसहित ललिता पौडेलको अभिनय रहेकाे छ ।
सुन्दरमणिकै निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर मौसम हिमाली हुन्। विष्णु माझीका विगतकाे भिडियाेमा पनि सुन्दरमणी र ललिताले अभिनय गर्दै आएका थिए ।
टिप्पणीहरू: