- भदौ १२, २०८१
काठमाडाैं । महेश्वर खनालको छन्दोबद्ध कवितासङ्ग्रह " हिमालको छातीमा उड्ने चरा " सार्वजनिक गरिएकाे छ ।
प्रा.डा हेमनाथ ज्ञवाली, तथा अभिनब साहित्यका अध्यक्ष बेदमणि घिमिरेले संयुक्त रुपमा उक्त कृतिकाे विमाेचन गरेका थिए ।
शान्तिगोरेटो स्थित बिनायक अङ्ग्रेजी स्कुलको प्राङ्गणमा सो कृति सार्बजनिकीकरण गरिएकाे थियाे ।
आध्यात्मिक लेखक खनालका थुप्रै आध्यात्मिक भजन संग्रह प्रकाशित भएका छन् ।
लेखक खनालले थुप्रै पुरस्कार पनि पाएका छन् । शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक महेश्वर खनाललाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ प्रदान गरेकाे थियाे ।
टिप्पणीहरू: