सोमबार, ०९ चैत २०८२

भक्तपुर फिल्म महोत्सव सम्पन्न


भक्तपुर ।  भक्तपुर फिल्म महोत्सव सकिएको छ । चैत ६ गतेदेखि सुरु भएको यो महोत्सवमा २४ फिल्म देखाइएका छन् ।

सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री 'मदर रेबिका' देखाउँदै महोत्सवको समापन गरिएको हो । भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजित यो कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मीको उपस्थित थिए ।

यो महोत्सव नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' देखाउँदै सुरु भएको यो हो । महोत्सवलाई भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो ।

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्मदेखि डकुमेन्ट्री देखाइएका थिए । 

यो महोत्सवका निर्देशक भने किरण किलम्बु हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ