- भदौ १२, २०८१
काठमाडौं । अशोक सिलवालको अर्काे पुस्तक 'ओसन : द साउन्ड अफ द हिमालयाज' प्रकाशित भएको छ । नेपालले हालै भोगेको विनाशकारी बाढीबीच प्रकाशित यो पुस्तकले प्रकृतिको एकत्व र विश्वमानवताको साझा भावनालाई अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ ।
'आँखा बन्द गरेर हिमालयको हावा वा महासागरको छाल सुनौँ, एउटै स्वर सुनिन्छ । हिमालय र महासागर दुई अलग संसार होइनन् । एक पृथ्वी, एक परिवार र एक अनुभूति पुस्तकको मूल सन्देश हो', सिलवालले भने, 'एकमात्र असल बाटाे पनि यही हाे ।'
सिलवाल नेपालका ७७ वटै जिल्ला हुँदै विश्वभर पुग्ने लक्ष्यसहित अघि बढिरहेको 'हिमालय टु ओसन (एचटूओ) नेपाल बुक जर्नी'का संस्थापक हुन् । जर्नीमा सिलवालका विश्वशीर सगरमाथालाई आधार बनाएर पनि भुइँतिर फर्किएको ‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’, आफैभित्र उज्यालाे खाेज्न प्रेरित गर्ने स्वरूपान्तरणको कथा ‘अप्प दीपो भवः' र एक पृथ्वीको सन्देश बोकेको ‘ओसन : द साउन्ड अफ द हिमालयाज’ समेटिएका छन् ।
लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको अर्को पुस्तक ‘लाङटाङ : फ्रम डेथ टु लाइफ’पनि चाँडै पाठकमाझ आउँदैछ । विपत्ति र वियोगपछि पनि मानिस कसरी उठ्छ, संघर्ष गर्छ र फेरि जीवनतर्फ फर्किन्छ भन्ने प्रेरणादायी कथा यसमा समेटिएको छ ।
टिप्पणीहरू: