- भदौ १२, २०८१
पोखरा। एकादेशमा एउटा देश थियो। देश आफ्नै गतिमा चलिरहेको थियो। त्यो देशमा शान्ति थिएन। तर शान्ति उपदेश थियो। त्यो देश धनी थिएन, तर भ्रष्टाचारीहरु धनी थिए। त्यो देशमा सुशासन थिएन, तर आर्मी-पुलिस सबै थिए। त्यो देशमा जनता कम थिए, तर कार्यकर्ता धेरै थिए।
देशमा भगवानरुपी मानवभन्दा धेरै राक्षसरुपी मानव धेरै थिए।
एक दिन देश जलाउने भन्दै मानवरुपी राक्षसका हुलले देशभित्रका थुप्रै संरचानामा आगो झोसे। सबै संरचना जल्दा पनि देश जलेन।
मानवरुपी राक्षसलाई रिस उठ्यो र भन्यो- यो देश नजल्ने भयो। आऊ, छिमेकीलाई गुहार मागौँ र जलाइदिउँ।
'कहाँ खोज्छस् जडिबुटी: वनमा' भनेझैँ छिमेकीले सल्लाह दियो र भन्यो, 'ए मानवरुपी राक्षस हो, देश कहाँ त्यसरी जल्छ, तिमीहरु आफैँ देशको भगवान भएको नाटक रचेर देशको मालिक बन अनि बल्ल सकिन्छ देश जलाउन।'
सुझाव सुनेर मानवरुपी राक्षस एकाएक भगवानरुपी भेषमा देशको नेतृत्व गर्न लागे। उनीहरुले बल्ल थाहा पाए, यत्रो जलाउँदा पनि देश किन जलेन? भनेको त देश पहिल्यै जलिसकेको रहेछ।
तर पनि भगवानरुपी राक्षस न हो, देशको मालिक बनेपछि सोचे- राक्षसभन्दा त भगवान बनेर बस्दाको आनन्द छुट्टै हुने रहेछ भन्दै खरानी धस्दै बसे।
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला
बुज्नेले बुझ्ला, नबुज्ने बैकुण्ठ जाला...!
टिप्पणीहरू: