बुधबार, ०५ कात्तिक २०८२

जेनजी आन्दाेलनकाे क्रममा कुटी कुटी प्रहरीकाे हत्या गर्ने पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक भिडियाेकाे आधारमा जेनजी आन्दाेलनकाे क्रममा प्रहरीकाे हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गत भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ