सोमबार, ०८ पुस २०८१

अपर मुस्ताङमा यसरी हुँदै छ चलचित्र ‘एक्लो’को सुटिङ


काठमाडौँ, २३ भदौ । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि मुस्ताङमा करिब ४० लाखको सेट बनाएर छायाङ्कन सुरु गरेको छ ।

निर्देशक प्रदीप साही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्त छन् । कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् ।

चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गरिने छ । हाल अपर मुस्ताङको लोमान्थाङमा छायाङ्कन भइरहेको चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छयाकंन गरिने छ । 

मुस्ताङको छायाङ्कन पश्चात भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छायाङ्कन गर्ने छ । चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।

चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ