- भदौ १२, २०८१
पोखरा । अमेरिकी नागरिक म्यागी डोएनले नेपाललाई सगरमाथा वा पर्यटकीय शहर पोखरा मार्फत चिनेकी होइन । जून गन्तव्य विदेशी पर्यटक माझ नेपाललाई सुन्दर देखाउने एउटा उदाहरण हुन् । १९ वर्षको उमेरमा भारत घुम्न आएकी डोएनले नेपाली श्रमिक मार्फत पश्चिम नेपालको दृष्टान्त सुनिन् । त्यसै क्रममा उनी यात्रामा निस्किन कर्णाली तर्फ । यात्राको क्रममा सुर्खेत पुगेकी डोएनले नदी किनारमा बालबच्चाले गिटी कुटिरहेको देखिन् । यो दृश्यले अमेरिकामा शिक्षाको सहज पहुँच पाएर हुर्केकी डोएनका लागि घोच्यो ।
‘खोलामा कति धेरै बच्चा । गिटि कुट्ने ? यो सानो बच्चा किन गिटी कुट्ने यो घाममा चिसोमा सोधेँ । यो एक ब्याग बेचेपछि १ सय आउँछ खाने पैसा आउँछ । तब मैले आफू ६ वर्षको उमेरमा पढ्न सिकिरहेको खेलेको कुरा सम्झिएँ । यो न्यायपूर्ण लागेन,’डोएनले भनिन् ।
एनसिएल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन भएको अमेरिकी छोरी,नेपाल्ी आमा सत्रमा कुराकानी गर्दै उनले पश्चिम नेपालको भ्रमणले फरक ढंगले नेपालसँग आफनो परिचय जोडिएको बताइन् ।
सत्रका सहजकर्ता, बालरोग विशेषज्ञ तथा लेखक नवराज केसीले म्यागीलाई नेपाल आउँदाको पहिलो अनुभव सम्झाए । म्यागी आफनो नेपालको पहिलो यात्रालाई गाहे मान्निछन् ।
‘सुरुमा मेरो यात्रा नेपालमा धेरै गाहे भयो । म युवक थिए मसँग केही उत्तर थिएन । १९ वर्षको बच्चासँग केही थिएन । म कर्णालीमा हिँड्दै थिए । म अनुभव लिँदै थिए । अमेरिकन महिला जसले शिक्षा पायो जसले अरुको पीडा देखेको थिएन । यो यात्रामा मैले यी सबै देखेँ महसुस गरेँ,’ म्यागीले भनिन् ।
यही दृश्यले उनलाई चिमोट्यो । आफू शिक्षादिक्षामा सहज वातावरणमा हुर्केकी म्यागीले ती बच्चाहरुको जीवन नजिकबाट नियालिन् । त्यही समय उनले निर्णय गरेकी थिइन्, यसरी बालबालिकालाई किनारमा गिटी कुट्न दिन्न । १९ वर्षकी बालिका जो सँग योजना वा रकम केही थिएन मात्र थियो त प्रश्न र इच्छा । यही क्रममा उनी आफनो देश फर्किएर नदी किनार भेटिएका बालबालिकाका लागि सपना लिएर आइन् । उनले २००९ सालमा कोपिला भ्याली विद्यालय खोलिन् । समाजसेवी उनले सिएनएन हिरो अवार्ड समेत पाएकी छिन् ।
‘म यो विषयलाई छोडेर जान चाहिनँ । मैले स्विकार गर्नपनि सकिनँ । मलाई एकदिन यो खोलाको किनार आउँदा कुनैपनि बच्चा फेरि देख्न नपरोस् लाग्यो, मैले त्यसपछि कुरा बुझन थाले । म सँग प्रश्न मात्र थिएँ,’उनले हर्षका साथ भनिन्,‘अहिले खोला किनारमा कुनै बच्चा गिटि छैनन् । मैले मात्र होइन समूदायले गर्दापनि हो ।’
उनले आफनो कामका बारेमा ‘बिटविन द माउन्टेन एन्ड स्काइ ’लेखेकी छन् । जसको नेपालीमा अनुवादन भएर आउँदै छ ।
बच्चाको शिक्षामा जीवन बिताएकी म्यागी उनीहरुको सुन्दर भविष्य देख्दा आशा लाग्ने बताउँछिन् ।
‘उनीहरुको सुरक्षा गर्नुस् । आफनो मात्र होइन सबै बच्चाको उनीहरु डाक्टर वा भविष्य बनेका हेर्नु त्यो हेर्दा मलाई निकै आशा लाग्छ,’उनले भनिन् ।
बहसमा रामकृष्ण काफले १९ वर्षको अवधि के कति अन्तर पाएको प्रश्न गरेका थिए ।
‘कर्णालीको व्यथा देखाउनुभयो त्यो किताबबाट जानकारी लिनु । १९ वर्ष र अहिलेमा त्यहाँको आमा र बच्चामा कति अन्तर पाउनुभयो ?,’ काफलेले प्रश्न गरे ।
यसको जवाफमा म्यागीले हर्षित हुँदै कर्णालीले मात्र होइन पछिल्लो समयमा नेपालले धेरै सफलता हासिल गरेको सुनाइन् ।
‘१९ वर्ष अगाडि र अहिले फरक छ नेपालले ठुलो सफलता गरेको छ । महिलाहरु विद्यालय जान्छन् । सफलताको धेरै कथाहरु छन् । बालविवाहअरु त्यो समयमा धेरै थियो,’ म्यागीले जवाफ दिइन् ।
त्यसैक्रममा विरसिंह बुढाको प्रश्न थियो –महिला सशक्तिरणका विषयमा तपाइले मुख्य के गरिरहनुभएको छ ?
यसमा उनीहरुले स्वच्छ महिनावारीको विषय र पोषिलो खानाको विषयमा काम गरिरहेको सुनाइन् । सोही काम गरिरहँदा आफुहरुले महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम आवश्यक रहेको बुझेपछि त्यसअनुरुप काम अगाडि बढाएको सुनाइन् ।
‘त्यहाँ मेरो उमेरको कोही शिक्षा पाएनन् । उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपनि अर्को कुरा हो । हाम्रो कार्यक्रमको मुख्य विषय पनि यो थियो । स्वरोजगारको वातावरण बनायौँ,’म्यागीले भनिन् ।
टिप्पणीहरू: