बिहिबार, ०८ माघ २०८२

एलिना भन्दैछिन्- ‘म छु आज रोडमा, तिमी करोड...’


काठमाडौं। गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘म छु आज रोडमा, तिमी करोड’मा बोलको उक्त गीतका संगीतकार गीतकार अभि सुनार रहेका छन्।

प्रेममा परेकी युवतीले प्रेमीबाट धोका पाएपछि कस्तो पीडा भोग्न बाध्य हुन्छिन् भन्ने कुरा यही गीतमा प्रष्ट पार्ने प्रयास गरिएको छ।

राहुल बराइलीको निर्देशन रहेको भिडियोमा अभि सुनार, निरु थापा, शिला पाण्डे, हेमन्त सुनारलगायतले अभिनय गरेका छन्।

हेमन्त सहायक निर्देशन पनि हुन्। भिडियोको सम्पादन विनोद बमको रहेको छ भने बिरेन्द्र परियारको छायाङ्कन रहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ