शनिबार, २४ जेठ २०८२

शेख हसिनाको भुमिका निर्वाह गर्ने नायिका पक्राउ


शेख मुजिबुर रहमानको बायोपिक मुजिबः द मेकिङ अफ अ नेशनमा शेख हसिनाको भूमिका निर्वाह गरेकी बंगलादेशी अभिनेत्री नुसरत फारियालाई आइतबार साँझ विमानस्थलबाट पक्राउ गरिएको छ । अभिनेत्रीलाई हत्या प्रयासको मुद्दामा लगाइएको छ ।

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, नुसरतलाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई पानी प्रहरी चौकीमा लगियो, त्यसपछि उनलाई ढाका महानगरीय प्रहरीको जासूस शाखालाई बुझाइयो ।

नुसरत फारिया ढाकाबाट थाइल्याण्ड जान लागेकी थिइन्, त्यतिबेला उनलाई विमानस्थलको अध्यागमन चेक पोइन्टमा रोकियो र त्यसपछि प्रहरीलाई खबर गरियो । अभिनेत्री विरुद्ध लामो समयदेखि पक्राउ वारेन्ट जारी गरिएको बताइएको छ ।

बंगलादेशमा सरकार विरुद्धको प्रदर्शनका क्रममा एक जना पुरुषको हत्या प्रयास गरेको आरोपमा अभिनेत्रीलाई पक्राउ गरिएको छ ।

गत वर्ष, बंगलादेशमा विरोध प्रदर्शनको क्रममा, वातारा क्षेत्रमा एक विद्यार्थीको हत्याको प्रयास भएको थियो । उक्त घटनामा २०२४ मा नुसरत फारियासहित १७ जना विरुद्ध उजुरी दर्ता भएको छ ।
यो घटना त्यतिबेलाको हो जब बंगलादेशमा शेख हसिना विरुद्ध विरोध प्रदर्शन भएको थियो । हिंसा यति चर्को भएको थियो कि उनले आफ्नो ज्यान बचाउन राजीनामा दिनुप¥यो र देश छाडेर भाग्नुप¥यो । उनले देश छोड्ने बित्तिकै हिंसा बढ्यो र प्रदर्शनकारीहरू उनको घरमा पसे र उनका सबै सामान लुटे ।

नुसरत फारियाको फिल्मी करियरको कुरा गर्दा, अभिनेत्री २०२३ मा रिलिज भएको बंगलादेशका पहिलो राष्ट्रपति मुजीबुर रहमानको बायोपिकमा देखिएकी थिइन् । उनले फिल्ममा शेख हसीनाको भूमिका निभाएकी थिइन् । यो भारत–बंगलादेशको सह–निर्माण थियो र श्याम बेनेगलद्वारा निर्देशित थियो ।

यसबाहेक, नुसरत फारिया आशिकी, हिरो ४२० र अपरेशन सुन्दरवन जस्ता धेरै बंगलादेशी फिल्महरूमा देखा परिसकेकी छिन् । आगामी वर्षहरूमा उनका ६ वटा चलचित्र रिलिज हुँदैछन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ