- भदौ ०२, २०८१
मुम्बई । लगभग दुई वर्ष भयो अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्धको चर्चा भएको । अभिषेक–ऐश्वर्याको सम्बन्धबारे भारतीय मिडियामा यति धेरै गसिप आए । लाग्छ अब लख्न केही बाँकी नै छैन । प्रेमप्रसंग सुरु भएदेखि सम्बन्ध विच्छेदका छेउछाउ पुगिसकेका ति मिडियाका लागि अहिले एक ज्योतिषीको भविष्यवाणी नयाँ खुराक बनेर आएकी छिन् ।
ट्यरो कार्ड रिडर एवं ज्योतिषी डा. गितञ्जली सक्सेनाले २०२५सेप्टेम्बरमा अभिषेक–ऐश्वर्याको सम्बन्ध विच्छेद हुने दावी गरेकी छिन् । अहिले तिनै ज्योतिषको हवाला दिँदै धेरै मिडियाले अभिषेक–ऐश्वर्याको सम्बन्धबारे थप व्याख्या गर्न थालेका छन् ।
अभिषेक–ऐश्वर्याले केही फिल्ममा सँगै काम गरेका छन् । मणिरत्न निर्देशित फिल्म ‘गुरु’ मा काम गर्ने क्रममा उनीहरुविच प्रेमको सुरुवात भएको थियो ।
टिप्पणीहरू: