- असार ०७, २०८०
काठमाडाैँ। पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ।
पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी ती महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको र हिजाे आइतबार मृत्यु भएको हाे।
निर्देशनालयका अनुसार महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत देखिएको थियाे।
टिप्पणीहरू: