मङ्गलबार, ०६ साउन २०८२

सप्तकोशीमा नुहाउन गएका बालक बेपत्ता


सांकेतिक तस्बिर

इनरुवा (सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन्।

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए। बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ