बुधबार, १३ फागुन २०८२

अमेरिकामा एक नेपालीले गरे छाेरी र श्रीमतीकाे हत्या


काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हतियार प्रयाेग गरेर हत्या गरेका छन् ।

५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको छ । साेही हतियारबाट ज्वाई घाइते भएका छन् ।  ज्वाइँलाई आक्रमण गर्दा प्रहरीले हानेकाे गाेली लागेर छत्रबहादुरकाे मृत्यु भएकाे छ ।

घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो ।

प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो । घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ