शनिबार, ०६ मंसिर २०८२

चुनावअघि नै महाधिवेशन गर्न कांग्रेस संस्थापनका २४ केन्द्रीय सदस्यकाे माग


काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले फागुन २१ गतेकाे निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका हुन्।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ ज्ञापनपत्रमा भनिएकाे छ।

यसैगरी उनीहरूले १५औँ महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङग्याउनुपर्ने माग गरेका छन्।

वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने उनीहरूको माग छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ