शनिबार, ०६ मंसिर २०८२

बिहारमा नरेन्द्र मोदी र नितिश कुमारको एनडिए गठबन्धनलाई दुईतिहाइ पक्का


बिहार विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मध्याह्न २‍.१५ बजेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धनकाे दुईतिहाइ बहुमततर्फ पक्का भएकाे छ ।

कुल २४३ सिटको विधानसभामा अहिलेसम्म २०१ सिटमा एनडिए गठबन्धनले अग्रता लिइरहेको छ। कांग्रेस आइसहितकाे महागठबन्धन जम्मा ३६ सिटमा अगाडी छ ।

सरकार बनाउन कुनै दल वा गठबन्धनले १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। एनडिएले अहिलसम्म जति सिटमा अग्रता लिइरहेको छ, त्यो दुईतिहाइलाई चाहिने न्यूनतम सिटभन्दा निकै बढी हो।

यही अग्रता कायम रहे ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित फेरि बिहारका मुख्यमन्त्री बन्ने छन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ