- भदौ ०५, २०८१
पाकिस्तानमा सोसल मिडिया इन्फ्लुएन्जर सना युसुफ को उनकै घरमा गोली हानेर हत्या गरिएको छ । घटना इस्लामाबाद केजी १३ इलाकामा भएको हो । गोली हानेर आक्रमणकारी फरार भएका छन् ।
१७ वर्षीया सना चित्रालकी हुन् । उनी सामाजिक सञ्जालमा काफी लोकप्रिय छिन् । उनी प्राय हाँस्य, जीवनशैली र शिक्षासंग सम्बन्धित सन्देश प्रवाह गर्थिन् ।
मिडियामा उल्लेख भए अनुसार उनको जन्मदिनको अवसरमा एक व्यक्ति नातेदार बनेर घरमा छिरेका थिए । उनको नजिकैबाट गोली हानेर उनी फरार भएका थिए ।
टिप्पणीहरू: