आइतबार, ०२ कात्तिक २०८२

कानमा लगाएकाे मुन्द्रा लुटनका लागि १० वर्षीया बालिकाकाे हत्या


ठाकुरबाबा (बर्दिया)। बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या कानमा लगाएकाे मुन्द्रा लुट्नका लागि गरिएकाे खुलेकाे छ।

गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई प्रहरीले पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय बर्दियाले  पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा तिरुवालाई पक्राउ गरेकाे छ भने तिरुवाले हत्या स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ।

 प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकी थिइन्। खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको उनकाे भनाई छ।

पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ