- असार ०६, २०८०
काठमाडौं । जेनजी आन्दाेलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलाे पटक बोलाएको पार्टी पदाधिकारी बैठकआज बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।
त्यसपछि देउवा दम्पत्ति कहाँ छन् अहिलेसम्म जानकारी गराइएकाे छैन । पार्टीभित्र देउवाले नेतृत्व छाड्नु पर्ने भन्दै हस्ताक्षर अभियान सुरु भएकाे छ ।
टिप्पणीहरू: