- असार ०६, २०८०
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताएका हुन्।
रामकुमारी झाँक्रीले पार्टी स्पष्टीकरण साेधेकाे छैन भन्नुभएकाे छ, खास कुरा के हाे भन्ने पत्रकारकाे प्रश्नमा उपाध्यक्ष खतिवडाले भने, ‘पार्टीकाे अनुशासन आयाेगले उहाँलाई स्पष्टीकरण साेधेकाे छ। त्यसले निश्चित समय दिएकाे छ। त्याे समयअनुसार उहाँले स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ।’
उहाँले पार्टीकाे बैठकमा पनि कुरा राख्नुभएकाे हाे भन्ने पत्रकारकाे अर्काे प्रश्नमा खतिवडाले भने, ‘हाेइन, उहाँ याे सचिवालयकाे बैठकमा आउनुहुन्न किनभने उहाँ स्थायी कमिटी सदस्य हाे, सचिवालय सदस्य हाेइन।’
यसअघि झाँक्रीले पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरा निराधार र कपोलकल्पित भएकाे बताएकी थिइन्।
टिप्पणीहरू: