बिहिबार, १९ असार २०८२

पाकिस्तानको सबै भन्दा ठूलो मिडिया हाउसबाट १३७ कर्मचारी कटौटी


मे महिनामा ८० जना मिडिया कर्मचारीलाई बर्खास्त गरेको पाकिस्तानको सबैभन्दा ठूलो मिडिया समूह जंग ग्रुपले जुन २१ मा १३७ मिडिया कर्मचारी  कटौती गरेको छ । उक्त ग्रुपले एउटा दैनिक उर्दू पत्रिका ‘आवाज’ बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजे र यसको सम्बद्ध संस्था, पाकिस्तान संघीय पत्रकार संघ पीएफयुजेले अचानक सामूहिक कर्मचारीको कटौतीको निन्दा गर्दै पाकिस्तान सरकारलाई सबै मिडियाकर्मीहरूको अधिकारलाई कायम राख्न र राष्ट्रिय श्रम कानून अन्तर्गत उनीहरूलाई सुरक्षित गरिएको सुनिश्चित गर्न आग्रह गरेको छ ।

समूहले लाहोर कार्यालयबाट १२९ जना र मुल्तान कार्यालयबाट आठ जना कर्मचारीलाई बर्खास्त गरेको थियो ।  साथै दश लाखभन्दा बढी पाठकहरू भएको उर्दू पत्रिका आवाज पनि बन्द गरेको छ ।

इलेक्ट्रोनिक र डिजिटल मिडियाको तीव्र वृद्धिले गर्दा उपभोक्ता व्यवहारमा परिवर्तन : अखबारको आकारमा तीव्र कटौती, विज्ञापन राजस्वमा २५ प्रतिशतभन्दा बढीको गिरावट जस्ता कारणले कर्मचारी कटौटी गर्न परेको संस्थाको भनाई छ ।  

जंग मिडिया ग्रुपले पाकिस्तानमा धेरै पत्रपत्रिका र टेलिभिजन च्यानलहरू सञ्चालन गर्दछ, जसमा ६,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ