शुक्रबार, २० भदौ २०८२

फेसबुक तत्काल बन्द नहुने, मेटा नेपाल सरकारकाे सम्पर्कमा


काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेकाले तत्काल बन्द नहुने भएकाे छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका छन्।

सरकारले क्रमश: लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ । तर, मेटा सम्पर्कमा आएकाले तत्काल बन्द नहुने भएकाे छ । दर्ता प्रकृयामा आएकालाई तत्कालै बन्द नगर्ने सरकारकाे याेजना छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ

  • भदौ ०३, २०८१
नयाँ रकेट लन्च