- असार ०६, २०८०
काठमाडाैं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बिहान बसेकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे। सरकारले नागरिकमाथि बर्बर दमन गरेको विरोधमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक बोलाएका थिए।
बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेकाे माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए। सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्ने निष्कर्ष विपक्षी दलले निकालेका छन्।
टिप्पणीहरू: