- असार ०६, २०८०
काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै सो घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएको बताएका छन् ।
मन्त्री अधिकारीले भनेका छन्–लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।
टिप्पणीहरू: