मङ्गलबार, २४ भदौ २०८२

बालेनकाे आग्रह : जेनजी अब संयमित हुनुहाेस्


काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई स‌ंयमित हुन आग्रह गरेका छन् ।

साथै उनले संवद विघटन गरेर वार्ता गर्नु पर्ने बताएका छन् । 'हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !'

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो भन्दै उनले अब संयमित हुन अपिल गरेका छन् ।
 

उनकाे स्टाटस

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ