बुधबार, १८ असार २०८२

कांग्रेस बैठकमा गृहमन्त्री लेखक : ०८४ सम्म एमालेसँग सहकार्य


काठमाडौं । गृहमन्त्री रमेश लेखकले  एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । 

केन्द्रीय समितिको बैठकमा आफ्नाे प्रस्तुति दिने क्रममा लेखकले एमालेसँग मिलेर २०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता रहने बताए ।

लेखकले आफूले मन्त्री पद सम्हालेपछि भएका घटना र मन्त्रालयले गरेका कार्यहरू पार्टी नेताहरूलाई सुनाए । राजावादीहरूको आन्दोलनलाई शिथिल बनाएकाे उनकाे भनाई थियाे ।

भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर गलत प्रचारबाजी भएको जिकिर गर्दै लेखकले केही कर्मचारीहरू र केही निजी क्षेत्रका व्यक्ति माथि अनुसन्धान भइराखेकाे जानकारी गराए । 

वर्तमान सरकार बनेको बेला माइतीघरमा मण्डलामा १७ वटा समूह आन्दोलनमा रहेको र उनीहरु सबैसँग संवाद गरेर समाधान निकालिएको लेखकले दाबी गरे ।

आमाको नाममा नागरिकताका लागि विधेयक पारित गरिएको उपलब्धिका सुनाए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ