शुक्रबार, ०६ भदौ २०८२

विष्णुमती नदीमा जलसतह बढ्याे, सतर्कता अपनाउन आग्रह


काठमाडौं ।  काठमाडौंमा भारी वर्षापछि विष्णुमती नदी सतर्कता तह आसपास पुगेको छ । शुक्रबार दिउँसो ३:५० बजे विष्णुमती नदीको गोंगबुस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले नदी किनारको बाटोबाट यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ