- असार ०७, २०८०
काठमाडौँ। प्रा.डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन्।
निजी मेडिकल कलेजको सिट वृद्धिलगायतका निर्णयको विरोध गर्दै डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजबाट सत्याग्रह सुरु गरेका हुन्।
उनले निजी मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण गेटाको क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका छन्।
यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्सम्बन्धी ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वद्धि गर्नलगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पूरा गर्न माग गरेका छन्।
यसैगरी लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग डा. केसीले माग गरेका छन्।
उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसमक्ष माग गरेका छन्।
टिप्पणीहरू: