- असार ०७, २०८०
काठमाडाैं। सरकारले बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि पत्र पठाएको थियो। तीमध्ये अहिलेसम्म दुई वटा एप मात्र सरकारको सम्पर्कमा आएको मन्त्रालयको सहसचिव एंव प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
उनका बन्द गर्ने निर्णय भइसकेपछि हाम्रो पात्रो र एक्सले दर्ताको प्रक्रियाबारे बुझेको छ।
अन्य कुनै पनि सम्पर्कमा आएका छैनन्। नेपालमा शनिबार सार्वजनिक बिदा हुन्छ भने अन्य मुलुकमा आइतबार पनि बिदा हुन्छ। 'यदि काेही दर्ता प्रक्रियामा आए पनि अब साेमबार मात्रै जानकारी हुनेछ', सञ्चार मन्त्रालयका एक अधिकारीले भने।
टिप्पणीहरू: