शनिबार, २१ भदौ २०८२

घेराबन्दीमा परेको गाजामा मेरी छोरीको विद्रोह


मेरी ३० वर्षीया छोरी यास्मिन । जसका आवश्यकताहरू विषेश छन्, हामी एउटा स्कूलको आश्रयस्थलमा बसेका छौं । त्यही सानो ठाउँमा आइन् । उनको शैलि अलि फरक थियो । अघिल्ला दिन भन्दा अलि बढी खुसी । म उनका आँखाहरू खुशीले चम्किरहेको देख्न सक्थें । उनी बोल्न थालिन् ‘मैले ध्यान दिएर सुनें ।’
‘बुबा..., मैले...आज चकलेट खाएँ ।’ ठूलो युद्ध जितेर आएको भावमा उनले भनिन् । 

मेरो दिमाग दौडिन थाल्यो, मैले भनेर बुझ्ने प्रयास गरेँ यास्मिनले चकलेट कहाँबाट पाइन् ?

धेरै वर्षदेखि, यास्मिन यस्तो संसारमा बाँचिरहेकी छिन् जसको आफ्नै लय छ, स्नेह र आश्चर्यको आफ्नै भाषा छ । दुर्भाग्यवश, जब उनी चार महिनाकी थिइन्, गम्भीर ज्वरोले उनलाई विकासात्मक अशक्तता दियो ।

अनि सात वर्षको उमेरमा, उनी क्रोनिक ब्रोन्काइटिसबाट पीडित भइन् र इजिप्टमा फोक्सोको शल्यक्रिया गराइन्, जसले उनको स्वास्थ्य र विकासलाई थप असर गर्यो ।

हामीले सकेसम्म यास्मिनलाई आरामदायी जीवन प्रदान गर्ने प्रयास गर्यौं । हामीले उनको कोठामा कम्प्युटर, ट्याब्लेट, रंगीन किताबहरू, र सबै प्रकारका खेलौनाहरु, बेलुनहरू, राख्यौं ।

हामीले यास्मिनलाई विशेष औषधि दिने विशेषज्ञहरूसँग पनि परामर्श गर्यौं । हामीले उनको सबै गतिविधिहरूको अध्ययन ग¥यौं ।  लुकामारी उनको मनपर्ने खेल थियो, जसले उनलाई उत्साहको रोमाञ्च दिन्थ्यो ।

सौभाग्यवश, वर्षौंसम्म, हामी यास्मिनको अवस्थालाई धेरै हदसम्म व्यवस्थापन गर्न सक्षम भयौं । हामी खुसी थियो ।

अक्टोबर २०२३ मा हाम्रो सुखी र खुसी परिवारमा बज्रपात प¥यो । एक इजरायली युद्धविमानले हाम्रो सुन्दर घरमाथि आक्रमण ग¥यो र यसलाई भग्नावशेषको थुप्रोमा परिणत ग-यो ।

यास्मिनको राज्य (उनको कोठा) सहित हाम्रा सामान र स्रोतसाधनहरू पूर्ण रूपमा ध्वास्त भए ।

त्यसबेलादेखि, हामी धेरै पटक जबरजस्ती विस्थापित भएका छौं, विद्यालयहरूबाट बनेका आश्रयस्थलहरूमा शरण लिएका छौं ।

हामी अहिले जहाँ बसिरहेका छौं, त्यहाँ यास्मिन पातलो गद्दामा सुत्छिन्, भिडभाड भएको अवस्थामा त्यहाँ न त गोपनीयता छ, न शान्त छ, न आराम छ ।
आश्रयस्थलमा यास्मिनको हेरचाह गर्नु दिक्क लाग्दो र बोझिलो यथार्थ बनेको छ । उनलाई लुगा लगाउन, शौचालयको लाइनमा यात्रा गर्न, अस्तव्यस्त आँगनमा हिंड्न सहयोग चाहिन्छ ।  हामीले उनलाई केही खेलौना र रंग लगाउने पेन्सिल पाउन पनि निकै संघर्ष गर्यौं ।  उनका लागि औषधिहरू पाउन निकै गाह्रो भएको छ ।

यास्मिन एक सुन्दर र धेरै मिलनसार केटी हुन् । रमाइलो कुरा के छ भने, उनको जिब्रोमा शब्दहरूसँग कसरी फरक तरिकाले नाच्छ भन्ने कुरामा मानिसहरूलाई अभ्यस्त हुन धेरै गाह्रो हुँदैन । कहिलेकाहीँ उनी गालि गर्छिन्, उनको गालि सुन्दा झर्को लाग्छ । तर धेरैजसो मानिसहरू उनीप्रति सहानुभूति देखाउँछन् ।

यास्मिन पनि धेरै दयालु छिन् । उनी प्रायः साथीहरूसँग आफ्नो खाना बाँड्छिन् र विभिन्न अवसरहरूमा, उनीहरूका लागि उपहारहरू तयार पार्न जोड दिन्छिन् । गत वर्ष ईदको समयमा, हामीले मिठाईहरूको ट्रे सजायौं । उनले आश्रयस्थलको उदास वातावरणलाई उज्यालो बनाउँदै गर्वका साथ उपहारहरू बाँडिन् ।
दुर्भाग्यवश, अहिले अवस्था झनै खराब भएको छ । इजरायलले गाजा पट्टीमा आफ्नो निर्दयी घेराबन्दी कडा पारेको छ, जसले गर्दा आधारभूत खाद्यान्न आपूर्ति, इन्धन, चिकित्सा तथा सरसफाइ सहायताको आपूर्तिमा बाधा पुगेको छ । बजारहरूले महिनौंदेखि धेरै चीजहरूको कुनै निशान देखेका छैनन् । न तरकारी, न फलफूल, न मासु, न माछा, न कुखुरा, न अण्डा, न दूध, न चिनी, न चकलेट !

गाजाका सबै मानिसहरूको लागि पोषणको अभाव एउटा गम्भीर समस्या भएको छ । मैले चिनेका सबैजना धेरै दुब्ला भएका छन्, छाला पहेंलो र शरीर कमजोर भएको छ । मेरी श्रीमती र मलाई चक्कर लाग्ने समस्या भएको छ ।

यास्मिन विशेष गरी कमजोर छिन् । उनको तौल धेरै घटेको छ र उनको स्वास्थ्य बिग्रिएको छ ।

जुलाईमा, पाँच वर्ष मुनिका लगभग १२ हजार प्यालेस्टिनी बालबालिकालाई आधिकारिक रूपमा कुपोषित घोषणा गरिएको थियो । अगस्ट २२ मा, संयुक्त राष्ट्र संघ–समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले गाजा शहर आधिकारिक रूपमा ‘मानव निर्मित अनिकाल’ को सामना गरिरहेको र तत्काल, उच्चस्तरीय प्रतिक्रिया आवश्यक रहेको रिपोर्ट गरेको थियो । यो रिपोर्टले मध्य पूर्वमा पहिलो पटक अनिकाल घोषणा गरिएको थियो ।

आईपीसीका अनुसार, गाजा पट्टीमा पाँच लाख भन्दा बढी मानिसहरू, (जुन जनसंख्याको लगभग एक चौथाई ) या त अनिकालको विनाशकारी स्तरको नजिक छन् वा पहिले नै पुगेका छन् । कुनै रुपमा परिवर्तन भएन भने, सेप्टेम्बरको अन्त्यसम्ममा त्यो संख्या छ लाख चालिसहजार भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ, जबकि आपतकालीन स्तरको खाद्य असुरक्षामा परेकाहरू १.१४ मिलियन पुग्ने सम्भावना छ ।

जारी युद्धमा ६२ हजार बढीको मृत्यु भएको छ भने एक लाख चालिसहजार घाइते भएका छन् । जबरजस्ती भोकमरीको कारण ३१५ भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ, जसमध्ये आधा बालबालिका छन् ।

यो कर्कशपूर्ण समयमा, यास्मिन अचम्मसँग मेरो अगाडि उभिइन्, उज्यालो चम्किलो अनुहारका साथ, उनले चकलेट खाएको घोषणा गरिन् ।

छक्क पर्दै, म उनीतिर फर्किएँ । ‘तिमीले चकलेट खायौ, यास्मिन ? तिमीलाई कसले दियो ?’

उनी मुस्कुराइन् र उनको अनुहार खुशीले अझ उज्यालो भयो । उनले बिस्तारै टाउको हल्लाइन् र व्याख्या गरिन्, ‘होइन, होइन, बुबा । मैले...चकलेट खाएको छैन । मैले चकलेट खाएको सपना देखेँ ।’ 

म जुरुक्क उठें र यास्मिनलाई अँगालो हालें, हाँसोमा फुसफुसाएँ – त्यो हाँसो जुन मैले महिनौंदेखि गरेको भन्दा ठूलो र लामो थियो । तर, मेरो हाँसोमा अत्यधिक दुःख र थकान थियो ।

युद्ध र व्यापक अनिकालको भयावहताका बीचमा, यास्मिनले केही मीठो सपना देखी । र त्यो सपना यति मीठो थियो कि उनलाई अत्यन्तै हर्षित बनायो ।

विशेष आवश्यकता भएकी युवती यास्मिनलाई आफ्नो सपनाको राजनीतिक अर्थ थाहा थिएन । उनलाई थाहा थिएन कि उनको सपना, जहाँ उनले असाध्यै मिठो कुराको स्वाद चाखेकी थिइन्, त्यो इजरायलको अत्याचार र शान्ति र सम्मानमा स्वतन्त्र रूपमा बाँच्ने दृढ आशा विरुद्धको विद्रोह थियो ।

अल जजिराबाट
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ