शनिबार, २१ भदौ २०८२

चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताएका छन् । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए । 

 “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु-याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले सङ्ख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ ।” उनले भने । अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेका जानकारी दिए । 

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ आजदेखि सञ्चालनमा आएको बताए । उनले भने, “चलचित्र भवनको सङ्ख्या थपिएसँगै यसले मनोरञ्जनसँगै रोजगारी पनि सिर्जना गरेको छ । यसले स्थानीय पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नाका साथै चलचित्रको व्यापारमा पनि टेवा पु¥याउने छ । नेपालभरका चलचित्र भवन सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ ।”

आजदेखि सञ्चालनमा आएको नयाँ ‘अडिटोरियम’ मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ