सोमबार, ०८ पुस २०८१

यी हुन् विश्वका पाँच आश्चर्यजनक महिला


हामी सबैले थुप्रै आश्चर्यजनक महिलाहरू भेटेका छौं । विश्वभर थरी थरीमा मान्छे भेटिन्छ र तिनका स्वभाव पनि अलग अलग हुन सक्छ । जुनसुकै विषयको पनि आश्चर्यजनक, चर्चित वा अन्य केही विधाको सूची बनाउदा सूची बनाउने व्यक्ति वा संस्थाको विश्वसनियताको बारेमा प्रश्न गरिन्छ । यद्यपि, त्यहाँ केहि महिलाहरू छन् जसमा हामी सबै सहमत हुन सक्छौं। तिनीहरू आश्चर्यजनक छन् । हेरौं ति को हुन् ?

एन्जेलिना जोली

एन्जेलिना जोली आश्चर्यजनक महिलाहरूको सूचीमा पर्ने पहिलो महिला हुन् । उनी जति सुन्दर छिन् त्यति नै प्रतिभाशाली पनि । त्यसैले उनी सजिलै हलिउडमा सबैभन्दा खोजिने अभिनेत्रीका रुपमा चिनिन्छन् । फ्यानहरूले उनलाई आफ्नो स्क्रिनमा देख्न अहिले पनि लालयित हुन्छन् । धेरै युवाहरुको ‘ड्रिम गर्ल’ हुन् जोली ।

गल गाडोट

गल गाडोट अर्की आश्चर्यजनक सुन्दरी हुन् । जसले अभिनेत्री र निर्माताको रूपमा फिल्ममा आफ्नो नाम कमाउन सफल भएकी छिन् । उनी पूर्व मिस इजरायल (२०१४) पनि  हुन् । गल गाडोटले आफ्नो जीवनको दुई वर्ष इजरायली रक्षा बलमा समेत काम गरिन् । तर, उनी सेनाको जागिर छाडेर फिल्म कलेज अध्ययन गर्न गइन् । किनकि उनी मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन चाहन्थिन् ।

एश्ले ग्राहम


एश्ले ग्राहम अर्कि चकित व्यक्ति हुन् जसले जीवन परिवर्तन गर्न सफल भएका छन् । सौन्दर्य बजारमा पातलो शरीर भएका मानिसहरूमा मात्र सीमित छैन भन्नका लागि एश्ले उदहारणिय व्यक्ति हुन् । अमेरिकाको टप मोडलमा आफ्नो उपस्थितिको कायम छ । 

आफ्नो प्लस साइज फिगरको बाबजुद पनि आफ्नो नाम राख्न सफल भएकी छिन् । फेसन उद्योगमा एउटा समय पातला शरिर भएकाहरुको मात्रै बोलवाला थियो । फेशन उद्योग अझै पनि केहि हदसम्म पातलो शरिरको पक्षपाती छ । तर, उनको अनुहारको सुन्दरताले पातला शरिरवालालाई छायाँमा पारेको छ ।

अड्रे हेपबर्न

अड्रे हेपबर्नको बारेमा कुरा गरेन भने हलिउडमा सौन्दर्य र फेसनको बारेमा छलफल गर्न असम्भव छ । उनी एक ब्रिटिश अभिनेत्री थिइन् जसले धेरै सफलता पाएकी थिइन् । यद्यपि उनी फेसन आइकनको रूपमा परिचित थिइन् । अमेरिकन फिल्म इन्स्टिच्युटले हलिउडको स्वर्ण युगको स्क्रिनमा अड्रेलाई तेस्रो ठूलो महिला लिजेन्डको रूपमा स्थान दिएको थियो । उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय बेस्ट ड्रेस्ड लिस्ट हल अफ फेममा पनि परेकी थिइन् जुन वास्तवमै ठूलो कुरा हो ।

प्रियंका चोपडा


१८ वर्षको उमेरमा मिस वर्ल्ड बनेको तथ्यले पुष्टि गर्छ  संसारको सबैभन्दा आश्चर्यजनक महिला मध्ये एक हुन् प्रियंका चोपडा । प्रियंका चोपडाले  हलिउडको क्वान्टिको जस्ता प्रोडक्सनमा अभिनय गरेकी थिइन् । अहिले बलिउडमा पनि उनी सबै भन्दा महंगी नायिकाको रुपमा चिनिन्छिन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ