- भदौ ०५, २०८१
यौन उत्पिडनको बिरुद्ध केही नायिकाले मुख खोले लगत्तै भारतको मलयालम फिल्म उद्योगमा एकपछि अर्को यौन दुव्र्यवहारको घटना सार्वजनिक हुन थालेको छ । अभिनेत्री हुँदै राजनीतिज्ञ बनेकी खुशबु सुन्दरले आफ्नै बाबुले यौन दुव्र्यवहार गरेको उल्लेख गरेकी छिन् ।
खुशबुले सामाजिक सञ्जाल एक्समा लामो टिप्पणी लेख्दै भनेकी छिन् ‘म आफ्नै बुबाबाट यौन दुव्र्यवहारको शिकार भएँ ।’ यो घटनामा पुरुष कलाकारलाई पनि महिलालाई सहयोग गर्न उनले आग्रह गरेकी छिन् । ‘अब यस्ता घटना फेरि हुन दिनु हुन्न । जाउ महिलाको पक्षमा आवाज उठाउ ।’ उनले भनेकी छिन् ।
टिप्पणीहरू: