शनिबार, ०६ असार २०८३

विश्वकप फुटबल : हाइटी विरुद्ध ब्राजिलकाे तीन गाेल


काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
    
ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । 

खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ