बुधबार, ११ चैत २०८२

भदाै २४ गते राजेश बज्राचार्यले क-कसलाई गरेका थिए फाेन ?


काठमाडाैं । गत  २३ र २४ भदौमा भएकाे जेनजी आन्दाेलनमा सुरक्षा निकायका प्रमुख, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबीच पटक पटक कुराकानी भएको देखिएको छ ।

जाँचबुझ आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्रचार्यले गृहमन्त्री रमेश लेखक, प्रहरी आईजीपी चन्द्रकुमार खापुङ, काठमाडौं जिल्लाका सीडीओ छवि रिजाल, काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्वराज अधिकारीदेखि सशस्त्रका आईजी राजु अर्याल, अनुसन्धान विभागका आईजीपी हुतराज थापासँग समेत पटकपटक सम्पर्क गरेकाे देखिन्छ ।

त्यसाे त बज्राचार्य नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जाेडिएका व्यक्ति हुन् । प्रधानमन्त्रीकाे स्वकीय सचिव पदकाे दुरुपयाेग गर्दै उनले उक्त काण्डमा रकम बुझेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ