शुक्रबार, २६ वैशाख २०८२

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच के भयाे कुराकानी ?


काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर विहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका थिए ।

सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी  आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरूद्ध रहेको जानकारी दिए।

मन्त्री लेखकले छिमेकी देशहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए ।

सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहिआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका  ।

–––

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ