- असार ०६, २०८०
काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको काराेबार भयो ।
१४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे ।
व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५.३३ तथा माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो ।
टिप्पणीहरू: