- असार ०६, २०८०
काठमाडाैं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले अहिले उम्मेदवारको फोटो कोडिङ गरिरहेको छ।
उम्मेदवार उपकरणमा सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्नेछ।
त्यसपछि मतदान प्रक्रिया सुरु हुनेछ। मतदान गर्न एकजना मतदातालाई कम्तीमा ४० मिनेट लाग्ने रिमालले बताए ।
एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २२६२ प्रतिनिधि छन्।
टिप्पणीहरू: