शुक्रबार, १६ माघ २०८२

नाइट बस चढेर संगठन विस्तार गरेका अर्याल केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौं । एमालेको एघारौं महाधिवेशनमा प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

पत्रकारिता पृष्ठभुमीका अर्याल एमाले भातृसंस्था प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष हुन् । उनकै कार्यकालमा चौतारी पत्रकारहरु मध्ये मुलुककै धेरै सदस्य भएको पत्रकारहरुको संस्थाको रुपमा स्थापित भएको थियो । चौतारी वृत्तमा उनी नाइटबस चढेर संगठन गर्न हिँड्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

उनकै कमाण्डमा भएको पत्रकार महासँघको निर्वाचनमा चौतारीले अध्यक्षलगायत अन्य महत्वपूर्ण पदमा जीत हाँसिल गरेको थियो ।

प्रेस चौतारीकै पूर्व अध्यक्ष गणेश बस्नेतले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पत्रकारिता पृष्ठभुमीबाटै आएका विष्णु रिजाल र सूर्य थापाले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ