मङ्गलबार, ०४ कात्तिक २०८२

माेदी सरकारविरुद्ध लद्दाखमा हिंसात्मक आन्दाेलन, प्रदर्शनकारीद्वारा भाजपा कार्यालयमा आगजनी


श्रीनगर ।  नरेन्द्र मोदी सरकारले संविधान संशोधन गरेर विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित बनाएको लद्दाखमा युवा आन्दोलन भड्किएको छ ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग राख्दै पर्यावरणविद् र सामाजिक कार्यकर्ताले २ सातादेखि अनसन जारी राखेका थिए । अनसनमा बसेका सोनम वाङचुककको समर्थनमा निस्केका हजारौं मान्छे सडकमा आएर लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए ।

भारतीय समाचार स‌ंस्था आजतकका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् । अहिले लेह र लद्दाखको अवस्था तनावग्रस्त रहेको छ । 

सोनमले हिंसाको बाटो नलिन युवालाई आह्वान गरेका छन् । उनले भनेका छन् 'हिंसात्मक गतिविधिले हाम्राे आन्दाेलन कमजाेर हुन्छ । हिंसा नगराैं ।'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ