बुधबार, ०५ कात्तिक २०८२

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ


काठमाडौं। जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई बुधबार सानेपाबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको छ।

सहकारी ठगीमा फरार भएका शर्मालाई २०८० असार १२ गते भारतको मुम्बईबाट पक्राउ गरिएकाे थियाे। उक्त प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। गत भदौ २४ गते भएकाे जेनजी आन्दोलनकाे मौका छोपेर उनी कारागारबाट भागेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ