सोमबार, ०५ साउन २०८२

गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्लाबाट खसालिएकाे थियाे विमलेशलाई, प्रेमिका पक्राउ


महेन्द्रनगर (धनुषा)। जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

जनकपुरधामको होटल एसपी एन्ड गेष्टहाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्ला माथिबाट तल खसालिएको थियो। आइतबार बिहान उपचारका क्रममा विमलेशको अस्पतालमा मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका क्रममा विमलेशको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि झा गेष्टहाउसबाट भागेको सिसिटिभी क्यामेरामा कैद भएको थियो।

मृतक विमलेश र पक्राउ परेकी युवती झा गेष्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ