- असार ०६, २०८०
काठमाडाैं । संसदीय सुनवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको सुनुवाइ स्थगित गरेको छ।
खरेलका विषयमा केही विवाद सार्वजनिक भएपछि सुनुवाई स्थगित भएकाे हाे । म्यानपावर व्यवसायीसँग सम्बन्ध रहेकाे, पोखराको जग्गा खरिदमा अनियमितता, आर्थिक काराेबारमा संलग्नलगायतमा उनको संलग्नता रहेको विषयमा कुरा उठेपछि समितिका सभापति बोधनारायण श्रेष्ठले आजका लागि सुनुवाइ स्थगित गरे ।
अहिले समिति सदस्यहरू यसबारेमा आन्तरिक छलफलमा छन्।
टिप्पणीहरू: