- असार ०६, २०८०
काठमाडाैं । निर्माण व्यवसायी विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौँले आदेश दिएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग धरौटी माग गरेको हो। पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख ११ गते पक्राउ गरेको थियो। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको उनलाई आरोप लागेको छ।
यस मुद्दामा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये १२ जना पक्राउ परेका थिए।
टिप्पणीहरू: