- असार ०६, २०८०
काठमाडाैं । नेपालका आदिवासी जनजातीलाई पार्टीको नीतिगत रुपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव शंकर पोखरेलले बताएका छन् । इतिहासलाई हेर्ने नजर र नेपाली समाजको विवेचना गर्ने दृष्टिकोणबाट एमालेको स्थापना र विकास भएको भनाई उनको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विष्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातीलाई चिन्ने कामको शुरुवात भएको धारणा राखेका पोखरेलले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको दाबी गरे ।
‘कमरेड पुष्पलालको विरासत बोकेको एमालेले आफ्नाे पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नेपाली समाजको विवेचना गर्ने क्रममा आदीवासी जनजातीको महत्वपूर्ण पक्षका रुपमा उठाउने काम गरेको छ । जसबाट सरकारी संयन्त्रमा आदीवासी जनजातीको भाषा संस्कृतिको संरक्षण र विकास गर्ने कामको समेत थालनि भयो’ उनले भने ‘पार्टी स्थापनाका दृष्टिकोणले नेपाली कांग्रेस पहिलो हो । तर आदिवासी जनजाती समुदायका सवाल उठान र राज्य पक्षबाट त्यसको संवोधनका दृष्टिकोणले निर्णयक भूमिका खेल्ने पार्टी एमाले मात्रै हो । नेपाली समाजलाई विष्लेषण हेर्ने शैली, नेपाली राजनीतिलाई हेर्ने दृष्टिकोणबाट कम्युनिस्ट र कांग्रेसबीच धेरै अन्तर देखिन्छ । आदीवासी जनजाती आन्दोलनलाई उस्काएर माओवादीले समाजमा मिलेर बसेका समुदायहरु बीच सामाजिक तथा जातीय विभाजनका चिरा फटाउने काम गर्यो तर एमालेले नेपाली समाजमा मेल नखाने एकल जातीय राज्यमा असहमती राख्ने बाहेक जनजातीको हितका लागि विभिन्न पक्षमा न्यायोचित भूमिका निर्वाह गरेको छ ।’
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयलाई जोड्दै महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौ केन्द्रीय किमिटी बैठकमा सञ्चार माध्यम र सामाजिक सञ्जालको हल्लाका कारण अचानक उक्त एक विषयले प्रवेश पाएको दाबी गरे ।
उनका अनुसार पुर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउनु हुन्न थियो । तर हल्लाकै भरमा चर्चामा आएको त्यहि विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुगाउनु पर्ने अवस्था आयो ।
नेपाली सेनाको सुरक्षामा रहने व्यक्ति पुर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकिय भूमिकामा रहनु पर्छ भन्ने निचोडमा सिंगो पार्टी रहेको भएपनि पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उनको सदस्यता नविकरण नगर्ने निचोडमा बैठक पुगेको जानकारी दिए ।
‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नविकरणको प्रक्रिया अघि बढाउनु भएको थियो । तर पार्टीको भर्खरै सम्पन्न केन्द्रीय किमिटि बैठकले त्यो प्रक्रिया विधिसंगत छैन् भन्दैं रद्द गरेपछि अब उहाँ कुनै पार्टी विशेषको नेताभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको हो ’, महासचिव पोखरेलले भने ।
टिप्पणीहरू: