शुक्रबार, ०५ वैशाख २०८२

व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना पक्राउ


काठमाडौँ। काठमाडौँको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भएका ३३ वर्षीय अजय लामा र गोरखा घर भएका दीपक बरामु रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ। 

प्रहरीका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो।

व्यवसायी लामामाथि कात्तिक ११ मा आक्रमण भएको थियो। उक्त घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो। सो घटनामा संलग्न रहेकाे आरोपमा यसअघि ५ जना पक्राउ परेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ