शुक्रबार, २९ चैत २०८१

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस जारी


काठमाडाैँ। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको थुनछेक बहस सुरु भएकाे छ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा दोस्रो दिनको थुनछेक बहस सुरू भएको हाे।

रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि सुरु भएकाे बहस आज पनि जारी रहेकाे हाे।

लामिछानेविरुद्ध रूपन्देही अदालतमा सहकारी ठगीकाे आराेपमा मुद्दा दर्ता भएपछि बुधबार अदालतमा उपस्थित भएर उनले बयान दिएका थिए। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने लागेकाे हाे।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि मुद्दा दर्ता भएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ